विद्यादेवी भण्डारी दोस्रोपटक देशको राष्ट्रपति

पोखरा न्युज – २९ फागुन।

विद्यादेवी भण्डारी दोस्रोपटक देशको राष्ट्रपति बनेकी छन्।

मंगलबार भएको राष्ट्रपति निर्वाचनमा बाम गठबन्धनकी उमेद्वार बिद्याले ३९ हजार २७५ मत ल्याउँदै पुनः देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। प्रतिद्धन्द्धि काँग्रेसकी उमेद्वार कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याइन्। यसअघि २०७३ कार्तिकमा भएको दोस्रो राष्ट्रपति निर्वाचनमा बिद्याले नेपाली काँग्रेसका उमेद्वार कुलबहादुर गुरुङलाई हराउँदै पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button