विमान दुर्घटनाका कारण राष्ट्रिय शोक घोषणा गर्दै बिहीबार राष्ट्रिय विदा

पोखरा न्युज , ३० फागुन  ।

बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो ।

सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button