म्याग्दीमा पर्यटकीय पदमार्ग निर्माण शुरु

पोखरा न्युज – २४ चैत्र  ।

म्याग्दीको सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ ।

बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य जगन्नाथ हुँदै टोड्के पुग्ने पदमार्ग निर्माणको काम शुरु भएको हो । पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु चार लाख र पर्यटन विभागले रु तीस लाख विनियोजन गरेको बेनपा– ७ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले काम शुरु गरेका छन् । नगरपालिकामार्फत हुलाकचोक भन्दा माथिदेखि ११९ मिटर पदमार्ग निर्माण हुने भएको छ । यसअघि नगरपालिकाको दुई लाख पचास हजार लगानीमा हुलाकचोकदेखि ८५ मिटर पदमार्ग निर्माण भइसकेको छ ।

नगरपालिकाको बजेटको काम सकिएलगत्तै पर्यटन विभागको बजेटबाट काम शुरु गरिने उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताए । यसवर्ष बेनीदेखि रामायण पार्कको प्रवेश विन्दुको रुपमा प्रस्तावित आँपरुखसम्म करिब डेढ किलोमिटर पदमार्ग पु¥याउने योजना छ । हाल भिरालो र कच्ची बाटो रहेको ठाउँमा पिसीसी ढलान गरेर पक्की पदमार्ग निर्माण गर्न लागिएको हो ।

बेनीदेखि पदमार्ग विस्तार गर्दे टोड्केसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताए । पदमार्ग निर्माण भएपछि बेनीमा आउने पर्यटकलाई गुफाको डिल, पछै, जगन्नाथ, टोड्के भ्रमणका लागि सहज हुने अपेक्षा गरिएको छ ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button