पोखरामा डि.वि.अधिकारी स्मृती फुटसल प्रतियोगिताको उपाधी फेन्सीलाई

 

पोखरा न्युज – ०९ बैशाख ।

सर्वेश्वर व्यवसायिक समितिद्वारा आयोजित सर्वेश्वर डि.वि अधिकारी स्मृती फुटसल प्रतियोगिताको उपाधी फेन्सी तथा रेडिमेड व्यवसायिक संघले जितेको छ । रानीपौवा फुटसलमा आइतबार भएको फाइनल खेलमा औषधि व्यवसायिक समितिलाई ४–३ गोलले पराजित गर्दै फेन्सीले सो उपाधी आफ्नों गराएको हो । खेलमा फेन्सीको तर्फबाट नरेश कार्की र मनिष थापाले दुई-दुई गोल गरे ।

जितसंगै फेन्सीले नगद ५० हजार, ट्रफि, मेडल तथा उपविजेता बनेको औषधीले नगद ३० हजारका साथमा ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा फेन्सीका मनिष थापा सर्वोत्कृष्ट खेलाडी, तनहुँ उद्योग बाणिज्य संघ, दमौली बजार इकाइ समिति अनुशासित टिम तथा औषधीका शिव भट्टराई सर्वाधिक गोलकर्ता भए । प्रतियोगितामा शिवले कूल १० गोल गरेका थिए ।

विजयी टिम तथा खेलाडीहरुलाई नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश नम्बर ४ का अध्यक्ष सञ्जिबहादुर कोइरालाले एक समारोहका विच पुरस्कार वितरण गरे । समारोहमा बोल्दै अध्यक्ष कोइरालाले व्यवसायिक संघसंस्था तथा फरक फरक व्यवसायि विच भाइचारा सम्बन्ध प्रगाढ पार्न यस्तो प्रतियोगिताको महत्व रहने बताए । यसले व्यवसायिक प्रवद्र्धनमा पनि मद्धत पुग्ने अध्यक्ष कोइरालाको भनाई थियो ।

कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक एनएमबी बैकका शाखा प्रबन्धक अमृत बाँस्तोला, मदिरा व्यवसायि महासंघ कास्कीका अध्यक्ष तारानाथ ढुङ्गाना लगायतले पुरस्कार वितरण गर्दै बधाई मन्तव्य राखेका थिए ।

आयोजक समितिका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रतियोगिता संयोजक मुक्तिराम दाहालले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने महासचिव तुलबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए । शनिबारदेखि सञ्चालित दुई दिने प्रतियोगितामा १५ टिमले भाग लिएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button