सरकारका आर्थिक कारोबार अब विद्युतीय प्रणालीबाट

पोखरा न्युज – वैशाख १२ ।

सरकारका आर्थिक कारोबार आजदेखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ ।

सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै सबै सरकारी कार्यालयका कामकारबाही बिना कागजात सम्पादन गर्ने नीतिअनुरुप सो प्रणालीबाट आर्थिक कारोबार प्रारम्भ भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो प्रणालीको शुभारम्भ गर्दै सरकारका आर्थिक कारोबारलाई पारदर्शी र सहज बनाउन विद्युतीय प्रणाली प्रारम्भ गरिएको बताए ।

“निकट भविष्यमा नै राजश्व संकलनसम्बन्धी सबै काम विद्युतीय प्रणालीबाट गरिने छ”. उनले भने ।

अर्थमन्त्री खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सबै निकाय र विभागलाई विद्युतीय कारोबार प्रणालीलाई सुव्यवस्थित तुल्याउन निर्देशन दिँदै आर्थिक कारोबारसम्बन्धी कानून, कार्यविधि र निर्देशिका निर्माणलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए।

मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले प्रविधिको वर्तमान युगमा प्रविधिमैत्री प्रणाली विकास गर्दै सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै आर्थिक वर्ष २०७५÷७६ सम्ममा देशभरका सरकारी कार्यालयका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने योजना रहेको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button