Pokhara News

मुक्तिनाथमा मोदीका लागि आइसियूका उपकरणसहित औषधिको प्रबन्ध

पोखरा न्युज – २७, वैशाख ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) स्थापना गरिएको छ ।

भ्रमणका क्रममा मोदी टोलीमा संग्लग्न जो कोहीलाई आइपर्नसक्ने स्वास्थ्य समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको हो ।

आइसियूका लागि चाहिने उपकरणसहित अत्यावश्यक औषधिको प्रबन्ध मिलाइएको जोमसोम अस्पतालका आकस्मिक कक्षका प्रमुख भीमराज शाहीले बताए ।

आइसियू कक्षमा भेन्टिलेटर, कार्डियाक मनिटर, इसिजी, अक्सिजनलगायत उपकरण जडान गरिएको छ । “आकस्मिक रुपमा गर्नुपर्ने स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ,”–प्रमुख शाहीले भने  ।

जोमसोम अस्पतालले स्वास्थ्यकर्मीसहित आवश्यक उपकरण र औषधिको प्रबन्ध मिलाएको हो । उच्च ठाउँमा पुग्दा कतिपयमा लेक लाग्ने समस्या देखिने हुँदा तत्काल उपचारका लागि आइसियू कक्ष बनाइएको हो ।

मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ । भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान मुक्तिनाथ आउँदै छन्  ।

Related posts

पोखरा, मुस्ताङ लगायत मोदी भ्रमण गर्ने स्थानको मौसमी पूर्वानुमान सार्वजनिक

पोखरा न्युज

मोदीलाई गर्मीयामको समयमा सेताम्य हिउँले स्वागत गर्दै मुस्ताङ

पोखरा न्युज

मोदीको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रबर्द्धन हुने अपेक्षा

पोखरा न्युज