पोखरा, मुस्ताङ लगायत मोदी भ्रमण गर्ने स्थानको मौसमी पूर्वानुमान सार्वजनिक

पोखरा न्युज – २७, वैशाख ।

मौसम पूर्वानुमान महाशाखाले पोखरा, मुस्ताङ (मुक्तिनाथ), काठमाडौँ, जनकपुरको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) शुक्रबार  सार्वजनिक गरेको छ ।

महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो । भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदै छन्  । उनले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्ने  कार्यक्रम छ ।

शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने मौसमी विवरणमा उल्लेख छ । भारतीय प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार मौसमी सूचना सार्वजनिक गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

यस अघि कुनै ठूलो मौसमी प्रणाली आउन लागेको वा तीन÷चार दिनसम्म पानी पर्ने अवस्थामा यस्तो मौसमी सूचना निकालिने गरिएको थियो ।

महाशाखाले मनसुन शुरु हुने तथा खास मौसमी अवस्थामा छुट्टै मौसमी सूचना निकाल्ने गरेको मौसमविद् पौडेलको भनाइ छ । यसअघि गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा विशेष मौसमी सूचना निकालिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button