पोखरामा ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

पोखरा न्युज – २८, वैशाख ।

पोखराको हेम्जामा ट्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बर्दिया गेरुवा गाँउपालिका -४ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका – १ याम्दीमा डेरा गरि बस्ने  ४५ बर्षीय  राज कुमार परियारको  करेन्ट लागि मृत्यु भएको हो ।

हेम्जा फेदीमा डोजरले निकालेको ढुङ्गा ट्याक्टरमा लोड गर्ने क्रममा अचानक नजिकै रहेको बिजुलीको तारबाट करेन्ट लाग्दा घाइते भएका परियारको उपचारको क्रममा  मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीर बहादुर पुलामीले जानकारी दिए ।

शुक्रबार बिहान करिब ७:३० बजे करेन्ट लागि घाइते भएका परियारलाई उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी) मा लगिएकोमा ८:३५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button