अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

पोखरा  न्युज  १ जेठ

 

 कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन्  । सोमबार महोत्तरीको गौशाला नगरपालिका स्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन गर्नका लागि सो विधिको विकल्प नरहेकोमा जोड दिए ।
यस संस्थालाई देशकै नमूना संस्था बनाउनका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहले प्रतिबद्धता जनाएका छन्  ।

कार्यक्रमका बीच प्रदेश अर्थमन्त्री विजय यादवले भारतका दरभंगाका महाराजले संचालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने धारणा राखेका थिए । सोही क्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले देशकै नमूना संस्थालाई जोगाउनका लागि चौतर्फी सहयोगको माग गरेका थिए ।

राष्ट्रिय कृषि विकास बोर्डद्वारा सञ्चालित निगौल गाई गौशालामा हाल कार्यालय प्रमुख नहुँदा लामो समयदेखि निमित्तको भरमा संचालनमा आएको छ जसका कारण संस्थाले सोचेअनुसारको प्रगति गर्न नसकेको कार्यालय स्रोतको भनाइ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button