पोखरामा एकैदिन ३६ ट्याक्सी नियन्त्रणमा, मिटरमा चल्न नमाने प्रहरीलाई खबर गर्न एसपी रानाको आग्रह

पोखरा न्युज – ०२ जेठ ।

पोखरामा एकैदिन ३६ वटा ट्याक्सी नियन्त्रणमा  लिइएको छ । पोखरा लेखनाथ महानगर क्षेत्रवाट  मिटरमा चल्न नमान्ने ३६ वटा  ट्याक्सीलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

महानगरक्षेत्रमा संचालित भाडाका मिटर ट्याक्सीहरु भाडामा जान नमानी बार्गेनिङ गर्ने गरेको गुनासो प्राप्त भएपछी  चेकजाँच गरि ट्याक्सी नियन्त्रणमा  लिइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिएका छन् । ‘हामीले यहाँ संचालित भाडाका ट्याक्सीहरु मिटरमा चल्न नमानेको गुनासो सुनेपछि सिभिलमा प्रहरी खटाएर चेकजाँच गरि नमान्ने ट्याक्सीलाई नियन्त्रण लिएका हौ,’ एसपी रानाले भने- ‘हामीलाई सर्वसाधारण  जनताको तर्फबाट त्यस्तो गुनासो प्राप्त भएमा तत्काल कारबाही गर्छौ,  कुनै ट्याक्सी मिटरमा जान नमाने तुरुन्तै १००, १०३ वा नजिकको प्रहरी कार्यालयमा  जानकारी दिनुहोस ।’

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका इकाईबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर राखेका उक्त ट्याक्सीलाई  आवस्यक कारवाहीको प्रक्रिया अगाडी बढाइएको एसपी रानाले । गत आइतबारबाट कास्कीमा कार्यभार सम्हालेका एसपी रानाले बुधबार पोखरामा आयोजना पत्रकार भेटघाटको कार्यक्रममा  आफ्ना भाबी कार्ययोजना प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । कास्कीमा मिटरमा सञ्चालन गर्न नमान्ने ट्याक्सीलाई जनही पाँच हजारसम्मको जरिवाना गर्ने गरिएको छ ।

सर्वसाधारणसंग ट्याक्सी चालकले मनपरी भाडा असुल्ने गरेको जनगुनासोपछि कास्कीमा  यस अघिका प्रहरी प्रमुख एसपी अशोक सिंहले ट्याक्सीमाथि कारवाही शुरु गरेका थिए। प्रहरीको कारवाहीसंगै ट्याक्सी व्यवसायीहरुले आन्दोलनसमेत गरेका थिए। आन्दोलनबाट प्रहरी प्रशासन नडगमगाएपछि जिल्ला प्रशासन कार्यलय कास्कीमा करीब ४ महिना अगाडी ट्याक्सी व्यवसायीहरु ट्याक्सी मिटरमा सञ्चालन गर्न सहमत भएका थिए ।

यो पनि पढ्नुहोस् –

म सँग साठगाँठ रहेका भनिएकालाईनै कारबाही गर्छु – कास्की प्रहरी प्रमुख राना

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button