लागुऔषधसहित दुई भारतीय पक्राउ

पोखरा न्युज – ०३, जेठ ।

नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरुले भारतीय नम्बर प्लेटको टाटा सुमोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुसँग ५०० एम्पुल डाइजेपाम, ५०० एम्पुल नुर्फिन र ५०० एम्पुल फेनार्गन बरामदसमेत गरेको छ । पक्राउ परेका दुवैमाथि कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button