पोखरा ७ एयरपोर्टमा रुख ढलेर कार च्यापिदा २ घाइते

पोखरा न्युज – ०३ जेठ।

पोखरा लेखनाथ महानगरपालिका- ७ एयरपोर्टमा रुख ढलेर कार च्यापिदा २ जना घाइते भएका छन् ।

बिहिबार बिहान करिब ११ बजेको समयमा पार्दीबाट पृथ्वीचोक तर्फ आउदै गरेको कारमाथी अचानक रुख ढल्न जादा कार  च्यापिएको हो ।  ग १ च ४९८१ नम्बरको  कार च्यापिदा कारमा सवार पोखरा लेखनाथ महानगरपालिका- १६ महेन्द्रगुफा निवासी ४६ बर्षीया सुकुमाया सुनार र सुर्य बहादुर बि.क. घाइते भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

घाईते भएका दुबैजनाको  फेवासिटि हस्पिटल  पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुख ढल्दा केहीबेर सडकमा आवतजावतमा कठिनाई भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button