दुर्घटनामा चार घाइते

पोखरा न्यूज– ०५, जेठ ।

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा आज ट्रक र कार एक–आपसमा ठक्कर खाँदा चारजना गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ च ४७६ नं को कार विपरीत दिसाबाट आउँदै गरेको ना ४ ख २२०२ नं को ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा कार चालक गोरखा नगरपालिका–९ ठिम्रेस्वारा गोरखाका २२ वर्षीय विनोद श्रेष्ठ, २६ वर्षीय सुरज कुँवर, २२ वर्षीय अञ्जन कुँवर र ललितपुरका ३३ वर्षीय मीन शाक्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे छ । गम्भीर घाइते सुरज कुँवरलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँंतर्फ लाने तयारी गरिएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button