संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छ : दाहाल

पोखरा न्यूज ०७, जेठ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको बताउँदै मधेशवादी दल सरकारका सहभागी हुन प्राविधिक कुरा मिल्न मात्र बाँकी रहेको जानकारी दिएका छन् ।

नीति तथा कार्यक्रम सार्वजानिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले भने, “राजनीतिक सहमतिमा संविधान संशोधनको कार्य टुंगोमा पुगिसकेको छ, मधेशवादी दल वर्तमान सरकारमा सहभागी हुन केही प्राविधिक कुरा मिल्न मात्र बाँकी छ, यो पनि छिट्टै टुंगिन्छ ।”

उनले सरकारको नीति तथा कार्यक्रम विगतका निर्वाचनमा सार्वजनिक भएका घोषणापत्र अनुसार आएको छ भने । पत्रकारको प्रश्नमा उनले जनतासामु गरिएका प्रतिबद्धता नै नीति तथा कार्यक्रम आएको बताउँदै संघीयता कार्यान्वयनको विषय तीन तहको संरचनालाई बलियो पार्ने कुरामा समेटिएको स्पष्ट परे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button