पर्यटकको बसाई लम्वाउन चित्रकला प्रदर्शनीको प्याकेज आवश्यक : मन्त्री लम्साल

पोखरा न्यूज ०८, जेठ ।

प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा आउने पर्यटकहरुको कम्तिमा एक दिनको बसाई लम्वाउनको लागि चित्रकला प्रदर्शनीको प्याकेज कार्यक्रम आवश्यक भएको बताए । पोखराको महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीमा सोमबार देखि सुरु भएको तीन दिने चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री लम्सालले पोखराको पर्यटन प्रवद्र्धन गर्न हिमाल, ताल, डाँडाले मात्र अब नपुग्ने भन्दै मानवनिर्मीत नयाँ संरचना अन्र्तगत चित्रकला प्याकेज आवश्यक भएको बताएका हुन।

उनले भने “पोखरा प्राकृतिले आफैमा सुन्दर छ, अब यहाँ थप मानव निर्मित कला, साहित्य, चित्रकला, भेषभुषा आवश्यक छ, जसले गर्दा एक दिन भने पनि यस्ता कुराले यहाँको पर्यटनको बसाई लम्विन सक्छ । ” राज्यले यस्ता कुरामा ध्यान दिन नसकेको उल्लेख गर्दै मन्त्री लम्सालले प्रस्ताव सहित आवश्यक सहयोगको लागि पेश गर्न आग्रह गरे । चित्रकलाको कुनै म्युजिम बनाउनको लागि प्रदेश सरकार सकरात्मक भएको उनले जनाए । पोखराको फेवाताल किरानामा रहेको ऐतिहासिक क्षेत्र रत्न मन्दिर र हिमागृहलाई समेत पर्यटकीय गन्तव्य बनाउने उनले जनाए ।

कास्कीको पर्यटकीय गाँउ चौरा र गजिबराङ क्षेत्रमा हालै दुई दिन लगायर १७ जना कलाकारद्धारा कोरिएका ३० वटा चित्रहरु उक्त ग्यालरीमा प्रदर्शनीको रुपमा राखिएको अन्नपुर्ण संरक्षण आयोजना प्रमुख विनोद बस्नेतले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना संरक्षण चित्रकला यात्रा २०७५ अन्र्तगत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयोजनमा उक्त चित्रकला प्रदर्शनी भएको प्रतिष्ठानका चित्रकला विभाग प्रमुख विम्व कवि रमेश श्रेष्ठले बताए । उक्त चित्रहरु क्यानभाषमा एक्रेलिक रंगमा कोरिएको ए–क्यापका संरक्षण अधिकृत सन्तोस शेरचनले जनाए ।

यसैबिच, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागद्धारा कला, कला समिक्षा तथा रिपोर्टिङ सम्वन्धि सोमबार नै अन्तरकृया कार्यक्रम समेत आयोजना भएको छ । सिजनशिल कलाकार समुह पोखरा र नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा भएको कार्यक्रममा भारतका चर्चीत कलाकार जय कृष्ण अग्रवाल र डा. राजेश व्यासले कलाकारिताको महत्वको बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपालको कलावृत्ति हेर्न अमेरीका जानुपर्ने अबस्थामा नेपालको पोखरामा कलाकारिताको म्युजिम स्थापनाको लागि प्रतिष्ठानले समेत आवश्यक सहयोग गर्ने वचन दिएकी छन। बरिष्ट काटुनिष्ट दुर्गा बराल वात्सायनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button