गोप्य सुचना सार्वजनिक गरेको आरोपमा मणिपालका कर्मचारी निष्कासन

डीएनबी, पोखरा न्यूज – ८, जेठ ।

पोखराको मणिपाल शिक्षण अस्पतालले संस्थाको गोप्य सुचना सार्वजनिक गरेको आरोपमा कर्मचारी निष्कासन गरेको छ । अस्पतालका कर्मचारीले अस्पतालकै फार्मेसिमा व्यापार गरेको र संस्थाको गोपनियता भंग गरेको आरोपमा रमेश बोहरा सहितका ४ जना कर्मचारीलाई निष्कासन गरेको अस्पताल प्रशासनले जनाएको छ ।

निष्कासनमा पर्ने कर्मचारीमा रमेश बोहरा, निलकण्ठ भट्टराई, टेकबहादुर विक र अल्पना ठाकुर रहेकाछन। वोहरा मणिपाल शिक्षण अस्पतालका कर्मचारी सघर्ष समिति तथा कर्मचारी तर्फका वार्ता टोलीका संयोजक हुन । बोहरा र विक फार्मेसिष्ट पदमा कार्यरत कर्मचारी थिए भने भट्टराई ओरेन्टेसन र ठाकुर एकाउन्टेन पदमा कार्यरत थिए । वोहरा सहितका कर्मचारीले आफ्ना नातेदार सहितको नामबाट फार्मेसी संचालन गरी अस्पतालमा आवश्यक पर्ने अधिकांश औषधी चर्काे मुल्यमा अस्पतालको फार्मेसिमा सप्लाई गरेको अस्पतालको आरोप छ । अस्पतालमा सिण्डकेट र कार्टेलिङ गरी चर्को मुल्यमा औषधी सप्लाई गरेको अस्पताल श्रोतको दाबी छ । कर्मचारीका आफन्तसंग सम्बन्धित एनआरटि सर्जिकल र एनआरटि मेडिसेल्स नामबाट विगत ८ बर्ष देखि अस्पतालमा खरिद हुने ठुलो परिमाणको औषधी सप्लाई हुदै आएको अस्पातालका प्रशासक भानु भारद्धाजले बताए । उनले भने “कर्मचारीले कर्मचारीको भूमिकामा आफ्नो काम गर्नुपर्छ, दुःखी गरिबीहरुको लागि स्थापना भएको अस्पतालमा जनताको ढाड सेक्ने गरी कसैले औषधी विक्रि वितरण गर्नु हुदैन, हामीलाई धेरै पछि मात्र थाहा भयो, यहाँको फार्मेसिमा त ठुलो भ्रष्टचार नै भएको रैछ । ” केहि महिनाको अध्ययन प्रतिवेदनको आधारमा कर्मचारीहरुले संस्थाको हित विपरित जनतालाई ठग्ने गरी फार्मेसिमा औषधी सप्लाई गरेको पुष्टि भएको आधामा आफुहरुले बाध्य भएर वोहरा सहितका ४ कर्मचारीलाई निष्कासन गरेको प्रशासक भारद्धाजले बताए ।

अस्पतालका निर्देशक डा. विजय सिंहेले जिल्ला प्रशासन कार्यालयको बैठकमा कर्मचारी वोहराले संस्थाको गोप्य सुचनाहरु सार्वजनिक गरेको आरोप लगाए । संस्थाको हित विपरित काम गर्ने व्यक्तिहरुलाई कुनै राजनितीक दल तथा प्रशासन र ट्रेड युनियनको दवावमा निष्कासन भएका कर्मचारीलाई आफुहरुले पुनः राख्न नसक्ने र नराख्ने उनले दाबी गरे । विभिन्न औषधी कम्पनीहरु मध्ये आफ्नै कर्मचारीहरुसंग सम्बन्धित भएका औषधी कम्पनिलेनै अन्य कम्पनि भन्दा महङगोमा औषधि विक्रि वितरण गरी जनता ठग्ने काम भएको निर्देशक सिंहेले दाबी गरे । केही नेपाली कर्मचारीले निष्कासन भएका कर्मचारीलाई पुनर्रवहाली सहित ५ बुंदे माग पुरा गर्नु पर्ने अन्यथा आन्दोलन गर्ने चेतावनी दिई राख्दा अस्पताल प्रशासनले स्वास्थ्य सेवा जस्तो सम्बेदनसील क्षेत्रमा कुनै निहुँमा सेवा प्रभावित नपार्न आग्रह गरेको छ ।

कर्मचारी निष्कासन गरेको बिरोधमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले आज मंगलबार संयुक्त रुपमा पोखरामा पत्रकार सम्मेलन गरी आफ्ना कर्मचारीको पुनर्रवहाली सहितको ५ बुंदे माग पुरा नभएसम्म इमर्जेन्सि बाहेकका सवै सेवा ठप्प पार्न चेतावनी दिएका छन। मणिपाल व्याबस्थापनको कर्मचारी माथि गरेको ज्यादतीको बिषयमा ननटिचिङ नेपाली कर्मचारीहरु आन्दोलनमा रहेको एक कर्मचारी विरेन्द्रकुमार यादवले बताए ।

निष्कासमा परेका कर्मचारी वोहराले भने यदि अस्पतालमा आफुले भ्रष्टचार गरेको पुष्टि गरे आफुले राजिनामा दिन तयार रहेको जनाए । नेपाली र भारतिय कर्मचारी बिच ठुलो बिभेद रहेको अस्पतालले भूकम्पबाट आएको रकम समेत सार्वजनिक नगरेको वोहराले आरोप लगाए । कर्मचारीलाई महङगी भत्ता सहितको सेवा सुविधा दिनुपर्छ  भन्ने कर्मचारीका नेतालाई नै निष्कासन गरेर अन्य कर्मचारीलाई त्रसित पार्न खोजेको उनको भनाई छ ।

नेपालको संविधान विपरित आफुहरुलाई अस्पताल प्रशासनले निष्कासन गरेको वोहराले जनाए । अस्पतालमा ननटिचिङ कर्मचारी करिब ६ सय ५९ जना रहेकोमा अधिकाशं आफुहरुको आन्दोलनमा रहेको वोहराले जनाए । विगत ११ महिना देखि आफुहरुले तलव, भत्ता सहितको माग पेश गर्दा प्रशासनले कुनै सुनुवाई नगरेको उनले गुनासो गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button