न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पूर्णता

पोखरा न्यूज – ०९, जेठ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पूर्णता दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटास्तरको गत वैशाख २८ को निर्णयअनुसार नेपाल पत्रकार महासंघको सिफारिशमा रिक्त तीन सदस्यको नियुक्तिसँगै समितिले पूर्णता पाएको हो । महासंघको सिफारिशमा श्रमजीवी पत्रकार ऐन, २०५१ को दफा ११ बमोजिम दुई वर्षका लागि नियुक्त पत्रकार केपी गौतम, दिलीपाश्री अधिकारी र राजु लामाले आज सञ्चारग्रामस्थित समितिको कार्यालयमा बहालीसहित बैठकमा सहभागी भए । उनिहरुलाई समितिका अध्यक्ष गंगाधर पराजुलीले स्वागत गरेका थिए ।

कूल १३ सदस्य रहने समितिमा यसअघि कहिल्यै पनि पूर्ण सदस्य हुन नसकेको स्थितिमा पहिलो पटक पूर्णता पाएको सदस्य गौतमले जानकारी दिए । समितिले ऐनको कार्यान्वयनको अनुगमन र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सिफारिशसहित वार्षिक प्रतिवेदन तयार गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button