राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा

पोखरा न्यूज -२०, जेठ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फर्किएका उनि शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना भएका हुन्

राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले जानकारी दिए ।

“शनिबार साँझदेखि उनको फेरि सानो आन्द्राबाट रक्तस्राव भयो”–उनले भने, “उनको जुन समस्या थियो, त्यसमा सुधार भएको देखिएन, अनि बिहान उनलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ ।”

ग्राण्डी अस्पतालसँग आन्तरिक रक्तस्राव रोक्ने उपचार पद्धति नभएकाले उनलाई अन्यत्र लैजान सुझाव दिइएको डा शर्माले बताए ।

अहिले राष्ट्रकवि घिमिरेको ग्राण्डीस्थित उच्च हेरविचार इकाई (हाइकेयर युनिट) मा उपचार भइरहेको छ ।

उनि १० दिनको उपचारपश्चात भारतबाट शनिबार मात्र स्वदेश फर्किएका थिए । उनलाई उपचारका लागि यही जेठ ९ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको थियो । राष्ट्रकवि घिमिरे करिब चार महिनादेखि अस्वस्थ रहँदै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button