पोखरामा एसपी रानाको रात्रीकालिन चेकिङ जारी, प्रहरी हौ भन्दै धम्काउने ४ जना फन्दामा

पोखरा न्यूज – २२ जेष्ठ ।

पोखरामा रात्रीकालिन चेकिङका लागी आफै फिल्डमा उत्रिएका कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले रात्रीकालिन चेकिङमा आफ्नो सहभागितालाई निरन्तरता दिएका छन ।

कास्कीमा रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउन निर्देशन दिदै आफै फिल्डमा उत्रिएकै बखत सादा पोशाकको प्रहरी हौ भनी दोहोरी सांझमा धम्काउने ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती १० बजेको समयमा पोखराको सिर्जनाचोक स्थित बिसौनी दोहोरी सांझमा मादक पदार्थ सेवन गरी आफुहरु सादा पोशाकको प्रहरी हौ भनी धम्काएर भाग्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

दोहोरी सांझबाट प्रहरीमा फोन आएपछि रात्री कालिन चेकिङमा रहेका राना आफैले उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् । पक्राउ पर्नेहरुमा कास्की धितालका भुपेन्द्र गौतम र सुवास गौतम, कास्कीकोटका शेषमणी गौतम र नवलपरासी घर भई पोखरा बस्दै आएका सुदिप लम्साल रहेका छन । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिने एसपी रानाले वताए ।

एसपी रानाले मंगलबार पोखराका शाखा सडकका भित्री भागहरुमा रात्रीकालिन चेकिङलाई तीब्रता दिएका छन । बाहिरी सडकमा भन्दापनि भित्री सडकहरुमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने गरेको गुनासो आएपछि एसपी राना स्वयं आफै भित्री सडकहरुमा पुगी रात्रीकालिन चेकजांचलाई कडा पारेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button