पोखरामा ठुलो आवाज निकाल्ने र मोडिफाई गरेका १७ मोटरसाइकल नियन्त्रणमा

पोखरा न्युज- २३, जेठ ।

पोखरामा ठुलो आवाज निकाली  तथा  मोडिफाई गरि चलाइएका  १७ वटा  मोटरसाइकललाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ  l

पोखरा महानगर क्षेत्रका बिभिन्न स्थानमा स्विप अपरेशन तथा सादा पोशाकमा प्रहरी परिचालन गरी उक्त  मोटरसाइकलहरु  नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ  l  बुलेट ५ वटा,  VR ५ वटा,  क्रसफायर ३ वटा  , २२० पल्सर  ३ वटा र डेस्ट्रार १  वटा गरि १७ वटा  मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी  प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । एसपी  रानाका अनुसार नियन्त्रणमा लिइएका  मोटरसाइकलका  चालकहरुलाई  सवारी नियम उल्लघन उपर कारबाही  गरिएको छ ।

दैनिक जनगुनासो आएपछि नगर क्षेत्रमा  आफै  फिल्डमा खटिई प्रहरी चेकिङलाई चुस्त-दुरुस्त बनाउन निर्देशन दिदै  ठुलो आवाज निकाल्ने   तथा स्वरुप परिवर्तन गरी चलाउने मोटरसाईकललाई नियन्त्रणमा लिई  कारबाही  गरेको  एसपी  रानाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button