‘तेस्रो मेगा एजुकेशन फेयर’ सकियो, विद्यार्थीको उत्साहजनक सहभागिता

पोखरा न्यूज -२६, जेठ ।

पोखराको न्युरोड स्थित  सिटी स्क्वायरमा शुक्रबार र शनिबार गरि दुई दिनसम्म  चलेको  ‘तेस्रो मेगा एजुकेशन फेयर’ सकिएको छ ।

मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुको उत्साहजनक सहभागिताका रहेको थियो । इभेन्ट आयोजक कम्पनी ‘वान अप’ ले वैदेशिक अध्ययनमा जान  चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै   पोखरामा मेला सञ्चालन गर्दै आएको छ ।   वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले तेस्रो संस्करणको  फेयर  सफल भएको बताए । ‘फेयरमा विद्यार्थी तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रह्यो ।  मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले राख्नुभएको  चाँसो  र जिज्ञासालाई हामी चिर्न सफल भएका छौ । गत वर्ष भन्दा यस वर्ष उपस्थिति झन उल्लेख्य रह्यो । आगामी मेला यो भन्दापनि राम्रो हुने लक्षण हामीले देखेका  छौं, ’ -झाले भने ।

फेयरमा विद्यार्थी तथा अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था थियो । निशुल्क रुपमा वैदेशिक अध्ययनको परामर्श लिन चाहाने विद्यार्थी तथा अभिभावकलाई मेगा एजुकेशन फेयर उत्कृष्ट गन्तब्य बनेको झाले दाबी गरे । मेलामा वैदेशिक अध्ययनका लागि विद्यार्थीको रोजाइका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र त्यसका लागि आवश्यक ‘प्रोसेसिङ’ तथा  छात्रवृतिको विषयमा प्रस्ट पारिएको उनले बताए ।

फेयरमा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरु सहभागी थिए । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरुले परामर्श दिएका थिए ।

यस मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराईएको थियो ।

क्विन्सफोर्ड कलेज प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउने व्यवस्था थियो । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा थियो ।

यस एजुकेशन फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनल रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा इप्लानेट, एक्सेस एजुकेशन, इनसर्च एजुकेशन, थर्ड आई एजुकेशन, नेप्कम्स युनिस्टार, कंगारु, न नेक्स्ट, मेट्स इन्टरनेशनल, प्याकेशिया, बुम¥याङ इन्टरनेशनल, प्रोफेशनल एजुकेशनल, काठमाण्डु इन्फोसिस, अष्ट्रेलियन टेक्निकल कलेज, ओम्स अब्रोड, मिराकल इन्स्टिच्युट, अस् स्टडिज, डेल्टा, एई ग्लोबल लगायत रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button