पोखरा न्युज -२७, जेठ ।
पत्रकार विजय नेपाललाई ‘लुक्स पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा रही कलासहित समाजमा योगदान पु¥याउन सहयोग गरेमा उनलाई नगद र दोसल्लासहित सो सम्मानपत्र प्रदान गरिएको हो ।
द लुक्स फेसन होम्स्ले रानीपौवा स्थित रञ्जित इभेन्ट सेन्टरमा शनिबार आयोजना गरेको मिस सि क्वीन–४ को ग्राण्ड फिनाले पत्रकार नेपाललाई प्रमुख अतिथि न्यू ग्लालेक्सी स्कुलका प्राचार्य डा. रामजी शर्मा, संस्थाका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले सो सम्मान प्रदान गरेका हुन् ।
सम्मानपछि आभार व्यक्त गर्दै पत्रकार नेपालले कुनै पनि काममा इमान्दारिता र निरन्तररुपमा काम गर्नुपर्ने बताए ।
संस्थाले सो सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । सो सम्मान पाउने पत्रकार नेपाल पहिलो हुन् ।
डेढ दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील पत्रकार नेपाल हाल आदर्श समाज दैनिकमा सहायक सम्पादक र राजधानी दैनिकका पोखरा संवाददाता छन् ।