अबैघ हतियार पोखरा ल्याउदै गरेको अवस्थामा दुई जना पक्राउ

पोखरा न्यूज – जेठ, २८ ।
अबैघ हतियार पोखरा ल्याउदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको  माछापुच्छ्रे गाउपालिका – ४ स्वामि बगरमा  अबैध  हातहतियार पोखरा ल्याउनका लागि झुण्डाई हिडिरहेको अवस्थामा माछापुच्छे गाउपालिका वडा नं ५  का २९ बर्षीय उदास गुरुङ  र २४ बर्षीय गौतम गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  फोल्ड गरी राखेको २ नाले बन्दुक, ६ राउण्ड गोली, १ थान चक्कु र २ केजी सुकुटि मासु सहित प्रहरी चौकी घाचोकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

माछापुच्छे गाउपालिका बडा नं ४ स्वामि बगर स्थित गोठमा लुकाई राखेको उक्त अबैध  हातहतियार पोखरा लेखनाथ महानगरपालिका- १६ दिप निवासी  याङतुङ घलेले पोखरातर्फ ल्याउन लगाएको पक्राउ परेका ब्यक्तिहरुको बयानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

घले फरार रहेकोले  खोजि कार्य तिव्र पारिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई  जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार तथा खरखजना मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button