पोखराबाट काठमाण्डौ जादै गरेको बसलाई ट्रकले ठक्कर दिँदा ३ को मृत्यु, ९ जना घाइते

पोखरा न्यूज-१, असार ।

पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको बसलाई बिपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइतेहरुलाई उद्धार पश्चात उपचारका लागि भरतपुर लगीएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको सनाखत भइसकेको छैन । घाइते मध्येका ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेको ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button