पोखरामा अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशमा महिला ह्याण्डबल प्रतियोगिता सम्पन्न

पोखरा न्युज -०६, असार । 
अन्तर्राष्ट्रिय ओलोम्पिक दिवश मनाउने क्रममा पोखरामा महिला स्तरिय ह्याण्डबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा लेट्स प्ले ह्याण्डबल क्लब पोखरा बिजयी भएको छ ।

प्रतियोगितामा लेट्स प्ले ह्याण्डबल क्लबले बाटुलेचौर स्थित पोखरा एकेडेमीलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा बिजयी टिमले नगद ३ हजार र उपबिजेताले नगद २ हजार प्राप्त गरेको छ ।

बिजयी टिमका लागि शिला रेग्मी, आकृती गुरुङ, ममता लामा, सबिता बास्तोला र प्रमिला बानियाले एक एक गोल गरे भने उपबिजेता टिमका तर्फ बाट दिप्ती गुरुङ, निश्मा बस्नेत, निकिता थापा र अर्चना बस्नेतले गोल गरे ।

प्रतियोगितामा पोखरा १६ स्थित अर्मला माबी अनुशासित टिम घोषित भयो भने लेट्स प्ले ह्याण्डबल क्लबकी शिला रेग्मी प्रतियोगिताभर १४ गोल गर्दै सर्बाधिक गोलकर्ता घोषित भइन । प्रतियोगितामा पोखरा एकेडेमीकी दिप्ती गुरुङ उत्कृष्ट खेलाडी भइन।

बिजयी टिम र खेलाडीलाई प्रदेश नं ४ की सांसद मिना गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, पोलेमनपा १५ का अध्यक्ष प्रकाश पौडेल, कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष क्या. जग बहादुर गुरुङ, सचिब टेक बहादुर गुरुङ र सहसचित्र दिननाथ बरालले मेडल, ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।

समापन कार्यक्रम प्रतियोगिताकी संयोजक पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । आगामी आइएचएफ ट्रफीलाई लक्षित गर्दै १९ वर्ष मुनिका खेलाडीका बिच प्रतियोगिता आयोजना गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button