चुष्त दुरुष्त निर्वाचन भए भ्रष्टचार अन्त्य हुन्छः मुख्य मन्त्री गुरुङ

विदेशमा रहेका नेपालीलाई आगामी निर्वचनमा सहभागि गराउने तयारी

पोखरा न्युज -०६, असार ।

प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले निर्वाचन चुस्त दुरुष्त भएमा भ्रष्टचार अन्त्य हुने बताएका छन्। निर्वाचन आयोग नेपालले आज (बुधबार) देखि पोखरामा आयोजना गरेको निर्वाचन समीक्षा कार्यक्रम २०७५ को उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले कुनै पनि निर्वाचन चुस्त दुरुष्त ढंगले सम्पन्न गर्न सके भ्रष्टचार अन्त्य हुने बताएका हुन् ।

उनले भने “ निर्वाचन आयोगले अधिकतम १० लाख निर्वाचन खर्च गने भनेको थियो तर उमेदवारहरुले ५० लाख देखि करोडौं खर्च गरी राखेका थिए तर यसलाई आयोगले वैधानिक गराउन सक्नु पर्यो, अलि व्यावहारिक बनाउनु पर्यो । ” कुनै उमेदवारले लाखोैं खर्च गरेर निर्वाचित भए पछि उसले निर्वाचनको खर्च उठाउन विभिन्न क्षेत्रमा भ्रष्टचार गर्न उद्धत हुने मुख्य मन्त्री गुरुङको आशय थियो।

निर्वाचन प्रणाली सासन प्रणालीसंग जोडिएकोले आयोगले निर्वाचन गराउदा यस्ता कुरामा पहिले नै सचेत हुन मुख्य मन्त्री गुरुङले आग्रह गरे । मिश्रीत निर्वाचन प्रणालीमा समावेसी निर्वाचन प्रणाली अपनाएको उनले बताए । आगामी निर्वाचनमा स्थानिय श्रोत साधनको परिचानलन बढी भन्दा बढी गरी पारदर्शी र अत्याधुनिक बनाउनु पर्नेमा मुख्य मन्त्री गुरुङको जोड थियो । धेरै प्रतिशत
थ्रेस होण्ड राख्दा जनताको मत खेर जाने भएकोले थ्रेस होण्ड कम नै राख्दा उचिभत हुने उनले बताए ।

देशमा संघियताको परिक्षण भईरहेका वेला कार्यकारी राष्ट्रपतिको कुरा गर्नु बेमौसमा बाजा बजाए जस्तै भएको मुख्य मन्त्री गुरुङले टिप्पर्ढी गरे । देशको भूगोल, जनता र यहाँको संस्कार संस्कृतिले गर्दा अहिलेको अबस्थामा एक शक्तिलाई शक्तिशालि बनाउने प्रणालीमा जान नहुने मुख्य मन्त्री गुरुङको तर्क छ। भने “ हाम्रो जस्तो देशमा हाल कार्यकारी राष्ट्रपति प्रणाली त्यती उचित हुदैन, यदि राष्ट्रपति प्रणालीमा एक शक्तिको भरमा देश चलेमा ६० लाख तराईका जनतालाई एकै पटक नागरिकता वितरण गरे देशमा के होला? हाम्रो जस्तो मुलुकमा हाल दुई शाक्ति नै आवश्यक हुन्छ, यसले चेक एण्ड व्यालेन्स गर्छ । ” आगामी निर्वाचन बिद्युतीय प्रणालीमा जानुपर्ने बताउदै मुख्य मन्त्री गुरुङले निर्वाचन आयोगको प्रकृयामा आएका तर विदेशमा रहेका नेपालीले पनि भोटिङ गर्न पाउने अधिकारलाई अब सुनिस्चित गर्नुपर्नेमा जोड दिए । अमेरीका, वेलायत जस्ता मुलुकमा रहेका अधिकाशंकोे दोहोरो नागरिकता भएका बाहेक कतार, मलेसिया लगायतका मुलुकमा रोजगारको लागि गएकाहरुको लागि निर्वाचनमा सहभागि हुने वातावरण मिलाउनु पर्ने उनले बताए ।

देशको विसम परिस्थितीमा पनि निर्वाचन आयोगले विभिन्न तहका निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई मुख्य मन्त्री गुरुङले धन्वयाद दिदै आगामी निर्वाचनमा समय, परिस्थिती अनुसार निर्वाचन गराउन आग्रह गरे । गाँउ घरमा सामुदायिक भवन बनाउनु विपद व्याबस्थापनको लागि निकै लाभदायि हुने हुदा यस्ता कुरामा प्रदेश सरकारको ध्यान जाने भएको मुख्य मन्त्री गुरुङले बताए ।

निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले देशको विसम परिस्थितीमा विभिन्न तहको निर्वाचन सफल भएकोमा हाल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट अझै आयोगलाई धन्यवाद र बधाई दिने क्रम जारी रहेको बताए । निर्वाचनका सामाग्रि अन्र्तगत एकै पटकमा काठमाण्डौंमा १० हजार जुटका वोरा समेत नभेटिएको प्रंशङग कोटउदै आयुक्त पौडेलले देशमा सियो पनि नबन्ने हुदा यस्ता निर्वाचनका सामाग्रि जुटाउन आफुहरुले धेरै दुःख पाउनु परेको गुनासो गरे । नेताहरुले निर्वाचन गराउने वोलिका भरमा निर्देशन दिदा आफ्नो देशमा उत्पादन नहुने केहि बस्तु तथा सेवाको कारण प्राविधिक रुपमा आफुहरुलाइ कठिन हुने गरेको उनले गुनासो गरे । सवच्र्चो अदालतले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाइ पनि मतअधिकारमा समावेस गर्न दिएको निर्देशन पालना गर्न आयोगले गृहकार्य सुरु गरेको बताए । १ सय १२ देशमा नेपालीहरु रहेकोले उनीहरुलाई आगामी निर्वाचनमा सहभागि गराउने गरी आफुहरुले गृहकार्य सुरु गरेको उनले जनाए । आगामी निर्वाचनमा अनलाईन भोटिङ गर्ने व्याबस्था समेत मिलाउने उनले बताए । क्षेत्रिय निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकृत गंगालाल सुवेदीले २०७४ बर्षको निर्वाचनको समिक्षा सहित आगामी दिनमा के
कस्तो ढंगले सुधार गर्नु पर्दछ त्यसको बारेमा प्रदेश नम्बर ४ मा समिक्षा कार्यक्रम आयोजना गरिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button