महँँगी र भ्रष्टाचार अन्त्य गर्न संघको माग

पोखरा न्यूज- ९, असार ।

अखिल नेपाल किसान संघले मुलुकमा व्याप्त महँगी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ ।

संघको शुक्रबार सम्पन्न राष्ट्रिय भेलाबारे आज विज्ञप्तिमार्फत सार्वजनिक गर्दै २०७६ साल पुसदेखि फागुनसम्म राष्ट्रियरूपमा किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

भेलाले अखिल नेपाल किसान संघलाई अखिल नेपाल किसान महासंघमा लैजाने निर्णय गरेको छ । यसअन्तर्गत वस्तुगत संगठन अखिल नेपाल पशुपालन तथा दुग्ध व्यवसायी संघ, अखिल नेपाल कुखुरा व्यवसायी संघ, अखिल नेपाल फलपूmल, तरकारी तथा बीउ उत्पादक संघ निर्माण गर्न तीनै संगठनको न्यूक्लियस गठन गरिएको छ ।

त्यसैगरी, भेलाले दाङ जिल्लामा मोहियानी हकको संरक्षणका लागि पहल गर्दै सुदूरपश्चिममा किसानका वर्गीय समस्यालाई समाधानका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button