नुवाकोटमा पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

पोखरा न्यूज -२८, असार ।
नुवाकोटको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button