पोखरा १७ को बाटो ढलान

पोखरा न्यूज -३१, असार ।
पोखरा महानगरपालिका–१७ छोरेपाटन स्थित बाराही टोल विकास समिति अन्तर्गतको भित्री बाटो रू चार लाख ५२ हजार ९८० को लागतमा ढलान गरिएको छ ।

सुकुम्वासी बस्तीमा रहेको कूल एक सय चार मिटर लम्बाइको सो बाटो वडास्तरीय बजेटको रू तीन लाख ३३ हजार र एक लाख २२ हजार बराबरको जनश्रम परिचालन गरी बाटो ढलान गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले शनिबार सो बाटो उद्घाटन गर्दै स्थानीय सरकारले बालबालिकाको शिक्षा र महिला सशक्तीकरणमा जोड दिँदै आएको उल्लेख गरे ।

सोही अवसरमा उक्त टोल अन्तर्गतका एक दर्जनभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button