पोखरा ३० शिसुवामा स्कुटर र मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते

पोखरा न्यूज -३१, असार ।

पोखरा लेखनाथ महानगरपालीका -३० शिसुवामा स्कुटर र मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।

शिसुवा सामुदायिक अस्पताल नजिकै ग३प १५१३ नम्बरको स्कुटर र ग१५प ३१२३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक स्थानीय २४ बर्षिय सुवास चापागाई, मोटरसाइकलको पछाडी सवार पोखरा लेखनाथ महानगरपालीका – ३२ बस्ने २३ बर्षिय लक्ष्मण ढुंगाना र सोहि स्थानका स्कुटर चालक ४२ बर्षिय डगचन्द्र सुवेदी रहेको प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

पुरीका अनुसार घाइते चापागाईको फिष्टेल अस्पतालमा उपचार भइरहेको छ भने ढुंगाना र सुवेदीको सामुदायिक अस्पताल शिसुवामा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button