पोखरामा कोरा साईकल र्याली

पोखरा न्यूज -०५, साउन ।

पोखरामा शनिबार कोरा (गोलो घेरा) साईकल र्याली गरिएको छ । साईकल सिटी पोखरा र कास्की जिल्ला साईकिलिङग संघको संग्युक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा एक सय पचास बढि साईकल यात्रीको सहभागिता छ ।

श्रिलंकामा आयोजित ‘रम्बल दि जंगल रेस’ को क्रममा नारायण गोपाल महर्जनको निधन भएपछि महरजनकै सम्झनामा उनको परिवारलाई सहयोग गर्ने उदेश्यले साईकल र्यालीको आयेजना गरिएको साईकल सिटी कास्कीका सदस्य अशोक चालिसेले बताए । यो कार्यक्रम पोखरा सँगसँगै काठमाडौं ,धरान ,हेटौडा ,बुटवलमा पनि आजै गरिरहेको उनले जनाए ।

बाराही घाट बाट सुरु भई ३० किलोमिटरको पेरिफेरिमा साईकल र्याली गरिएको हो । बाबा फाण्डेसनको सहयोगमा गरिएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी ओलम्पिक कमिटीका सदस्य तेज गुरुङले सिटी बजाएर गरेका थिए । कार्यक्रममा पोखराका प्रतिष्ठित सामाजिक एवम व्यावसायिक व्याक्तिहरुको सहभागिता देखिन्थ्यो । उपस्थित सबैलाई कास्की जिल्ला साईकिलिङका अध्यक्ष दिलिप राज श्रेष्ठले धन्यवाद दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button