गण्डकी प्रदेशको खेलकुद कार्यदलले प्रतिबेदन बुझायो

पोखरा न्यूज  -१५, साउन ।

गण्डकी प्रदेशको खेलकुद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुन समक्ष आफ्नो प्रतिबेदन बुझाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रमका बिच प्रतिबेदन बुझ्दै मन्त्रि नरदेबी पूनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सास्कृतिक हब बनाउने योजनाका साथ काम अघि बढेको बताएकी छन ।

मन्त्रि नर देबि पुनले शैक्षिक, स्वास्थ्य, खेलकुद र सास्कृतिक हब बनाउन योजनालाई मुर्त रुप दिन गठित कार्यदल मध्ये खेलकुद र स्वास्थ्यका लागि सम्भव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएकोमा अभार प्रकट गर्दै भनिन–“अहिले धेरै सामाजिक क्षेत्रका संस्थाहरु स्वास्थ्य लगाएत अन्य क्षेत्रको बिकासका लागि अन्त र्राष्ट्रिय सहयोगका लागि समेत अगाडी आएका छन यो स¥हानिय रहेको छ ।”

गण्डकी प्रदेशलाई हर क्षेत्रबाट माथि उठाउन र बिकासमा फड्को मार्दै जनताले चाहेको बिकासको प्रत्याभुती दिन पनि कार्यदलले बुझाएको प्रतिबेदन महत्वपूर्ण रहने पनि मन्त्रि पुनले बताइन । कार्यदलले बुझाएको प्रतिबेदन गण्डकी प्रदेश मन्त्रि परिषदको बैठकमा समेत प्रस्तुत गर्न कार्यदललाई उनले आग्रह गरेकी छन ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले कार्यदलले प्रदेश सरकारको भावना अनुसार काम गरेकोमा बधाइ दिंदै खेलकुद सम्भव्ता अध्ययनका लागि नवलपुरको समथर भूमी देखि मुस्ताङ सम्मको उच्च भुगोलमा अध्ययनगरि खेलकुद बिकासका सम्भव्ता अध्ययन गरि प्रतिबेदन बुझाएकोमा प्रशंसा समेत व्यक्त गरे ।

अस्पताल केबल बिरामी जाँच्ने थलो र खेलुकद मेडल थाप्नकालागि मात्रै नभई यसको व्यवसायकि करण हुन सके प्रदेशको आर्थिक समृद्धीले गति लिन सक्ने सांसद कोइरालाले बताए ।

गण्डकी प्रदेशको जेठ २१ गतेको मन्त्रि परिषदको निर्णय तथा प्रदेश सरकारको गत आब ०७४/०७५ को स्विकृत कार्यक्रम अनुसार गठित पाँच सदस्यिय कार्यदलले सरकारले तोकेको पाँचवटा विषयमा अध्ययन अगाडी बढाएको कार्यदलका सदस्य तेज गुरुङले बताए । उक्त कार्यदलमा ५१ जना आमन्त्रित सदस्य रहेका थिए ।

प्रदेश सरकारले प्रदेशमा अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट रंगशाला र गल्फ कोर्षको निर्माण, एकिकृत खेलकुद एकेडेमीको निर्माण, सुविधा सम्पन्न अन्तर्रा्ष्ट्रिय स्तरको वहुउपयोगी खेल मैदानको निर्माण, हाइअल्टिच्युट खेल मैदानको पूर्व सम्भाव्यता अध्ययन र एक स्थानियतहमा एक खेल मैदानको कार्य विधी निर्माण जस्ता पाँचवटा विषयमा कार्यदलले अध्ययन गरेको हो ।

उक्तअध्ययन प्रतिवेदन सम्बन्धित मन्त्रालयलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन । प्रदेश सरकारले मुल्याकंन गरेपछि मात्रै सार्वजनिक गरिने कार्यदलका सदस्य गुरुङले जानकारी दिए ।

कार्यदलले गण्डकी प्रदेशमा हाइअल्टिच्युड् स्पोर्टस् ट्रेनिङ सेन्टर तातो बहसका रुपमा अगाडीबढेको बताउँदै गुरुङले यो ट्रेनिङ सेन्टर प्रदेशको पर्यटन प्रवद्धन र आर्थिक समृद्धीलाई समेत जोडिएको बताए । प्रतिवेदनमा समेटिएका सबै कुरा प्रष्ट नबताए पनि तिनवटा स्थललाई हाइअल्टिच्युट खेल मैदानको पूर्व सम्भाव्यता रुपमा बिकास गर्न सकिने गरि अध्ययन प्रतिबेदनमा उल्लेख उनले बताए ।

विश्वकै दश उत्कृष्टमध्ये एक पोखराको हिमालय गल्फ कोर्षलाई ‘पिमोडेल’मा बिकास गर्ने प्रयाप्त सभ्भावना रहेको रयसका लागि अन्यचार स्थानको समेत अध्यय नगरिएको गुरुङले बताउँदै भने–“क्रिकेटका लागि प्रदेशका सात ठाँउहरुमा अध्ययन भएको छ, खालि जमिन मात्रै भएर नहुँदो रहेछ, यसका लागि आवश्यक अन्यपूर्वाधार पनि हुन आवश्यक छ ।”

‘एक स्थानिय तहमा एक खेल मैदान’का बारेमा गण्डकी प्रदेशका ८५ मध्ये चार स्थानिय निकायले प्रतिवेदन नै बुझाएनन । प्रतिवेदनन बुझाउनेमा पर्वतका दुइ गाउँपालिका, नवलपुरको सुष्ता र बागलुङको एक गाउँपालिकाले रहेको छ ।

कार्यदलले गण्डकी प्रदेशमा सुविधा सम्पन्न एकिकृत खेलकुद निर्माण गर्ने संगै एकेडेमीलाई खेलकुद आधुनिक प्रशिक्षण थलोको रुपमा बिकासका रुपमा अगाडी बढाउन सक्ने गरि अध्ययन भएको जनाएको छ ।

गण्डकी प्रदेशमा केहीदातृ राष्ट्रले सुविधा सम्पन्न बहुउपयोगी रंगशाला निर्माण गर्न जग्गा माग भए बमोजिम सोको लागि समेत पोखरा लगाएत आसपासका क्षेत्रमा एकै ठाउँमा ७ सय देखि १ हजार २ सय रोपनी जग्गाको खोजी समेत भएको कार्यदलले जनाएको छ ।

कार्यदलको तर्फबाट कार्यदलका सदस्य खड्ग रानाभाटले खेलकुद सम्भाव्यता अध्ययनका पाँचवटा शिर्षकका प्रतिवेदनहरु मन्त्रि पुनलाई बुझाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button