‘घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ’

पोखरा न्युज -१६, साउन ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा मन्त्री विश्वकर्माले नवनियुक्त राजदूत साइगोलाई स्वागत गर्दै नेपाल र जापानबीच घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । उनले नेपाल र जापानबीचमा बुद्ध धर्म संस्कृति तथा प्राकृतिक विपद्को जोखिम र यसको व्यवस्थापन गर्ने सम्बन्धमा समानता रहेको भन्दै नेपालको लोकतन्त्रलाई संस्थागत र दिगो बनाउन जापानले गरेको सहयोग उल्लेखनीय रहेको बताए।

उनले मन्त्रालयले ‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद र सबैका लागि खेलकुद’ भन्ने नाराका साथ नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई पूरा गर्नका लागि काम गरिरहेको बताए ।

नेपालमा सहासिक खेल, उच्च हिमाली क्षेत्रमा खेल र तालीमका पूर्वाधार निर्माण गर्न सके विश्वका लागि नै अवसर हुने भन्दै उनले जापान सरकारसँग युवा तथा खेलकूद मन्त्रालयले सहकार्य गर्न तयार रहेकोे बताए ।

उक्त भेटमा जापानी राजदूत साइगोले नेपाल जापानको घनिष्ट मित्र भएको भन्दै नेपाल विविधताले भरिएको देश भएको हुँदा सबैलाई समेट्न र सद्भाव कायम गर्नका लागि खेलकूदले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

राजदूत साइगोले युवाजन शक्तिलाई शान्ति, स्थिरतामा लगाउन र स्वस्थ जनशक्ति बनाउनका लागि पनि खेलकूदले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

जापानले सन् २०२० मा ओलम्पिकको आयोजना गर्न लागेको जानकारी गराउँदै राजदूत साइगोले जापानले खेलकूदका क्षेत्रमा धेरै काम गरिरहेको भन्दै नेपालको खेलकूदमा जापानले सहयोग बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button