‘एनएफबीएफ प्रथम मिष्टर पोखरा’ को प्रि–जज

पोखरा न्यूज -१८, साउन ।

कास्की बडि बिल्डिङ तथा फिटनेस संघको आयोजनामा एनएफबीएफ फष्ट मिष्टर पोखराको प्रि जजिङबाट ३० जना खेलाडी छनोट गरिएको छ । विभिन्न तौल समूहमा छनोट भएका खेलाडीले शनिबार हुने फाईनल राउण्डमा प्रतिस्पर्धा गर्ने छन् ।

विभिन्न छ वटा तौल समूहका ३० जना खेलाडीले एनएफबीफ प्रथम मिष्टर पोखरा बन्ने अन्तिम प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । तौल समूहमा प्रथम हुनेले मिष्टर पोखरा टाईटलको लागि योग्य हुदैं फेरी एकपटक स्टेजमा आफुलाई उभ्याउने छन् । फष्ट मिष्टर पोखराको लागि कास्की, तनहुँ, स्याङजा र रुपन्देहीका ५७ जना खेलाडीले विभिन्न तौल समूहमा भिड्दै छन् ।

एशोसियसनका अध्यक्ष राजुकुमार थापाका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराइने छ । प्रत्येक तौल समूहको विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्ने पाउने छन् । ओभरअल प्रतिस्पर्धाका विजेताले टाईटलसहित नगद ५० हजार पुरस्कार थाप्ने छन । प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीले नगद १० हजार पाउने छन् । समूहमा दोस्रो हुनेले नगद ७ हजार र समूहगत तेस्रो हुने खेलाडीको भागमा भने नगद ५ हजार रुपैयाँ पर्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button