पोखराको पृथ्बीचोकबाट लागुऔषध सहित १ युवक पक्राउ

पोखरा न्यूज -२२, साउन ।

पोखरा लेखनाथ महानगरपालिका -९ पृथ्बीचोकबाट लागु औषध सहित एक  युवक पक्राउ परेका छन् ।

मंगलबार बिहान करिब साढे ६ बजेको समयमा पृथ्बीचोक स्थित दिप मम रेस्टुरेन्टबाट लागु  औषध सहित १९ बर्षीय शेषकान्त थारु पक्राउ  परेको प्रहरीले जनाएको छ । कपिलबस्तु बगुनि स्थायी घर भएका थारु  ५ सय ४३ थान लागुऔषध सहित रेस्टुरेन्टबाट पक्राउ परेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए । थारुको साथबाट फेनरागन १८० थान , डाईजेपाम १८० थान, नुरफिन १८० थान तथा नाईट्रोजन ट्याबलेट ३ पत्ता बरामद गरेको प्रहरीले जनाएको छ ।

थारुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button