विकासको गति बढाउन सुझाव

पोखरा न्यूज -२४, साउन ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिएका छन् ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधेयकहरु चाँडो ल्याउन सरकारसँग आग्रह गरे । उनले भने, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज २ गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि हामीले सरकारलाई घच्घच्याइरहेका छौँ ।”

राष्ट्रियसभामा अहिले दुई विधेयक टेबुल भएको जानकारी दिँदै उनले ती समय सीमाभित्र पारित हुने बताए । अध्यक्ष तिमिल्सिनाले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताए । कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button