कैलालीमा बम विस्फोट

पोखरा न्यूज -२४, साउन ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ।

विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए। स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको जनाइएको छ । यसअघि यही साउन २ गते उक्त उद्योग नजीक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउस्थित उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button