कास्कीका बाढी पीडितलाई घर हस्तान्तरण

पोखरा न्यूज -२५, साउन ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ ।

विस. २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छ्रे गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको रु पाँच लाख र विद्यार्थीले संकलन गरेको रु चार लाख ४७ हजार ६०० गरी कूल रु नौ लाख ४७ हजार ६०० को लागतमा घरनिर्माण गरिएको अनेरास्ववियु भूगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतमले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका नेता विष्णु केसीले निर्माण सम्पन्न भएको घर हस्तान्तरण गर्दै विपदमा परेका परिवारलाई विद्यार्थीको सक्रियतामा निर्माण गरिएको घरले पीडित परिवारलाई राहत मिलेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button