पाल्पामा जीपले ठक्कर दिँदा १ को मृत्यु

पोखरा न्यूज -२७, साउन ।

पाल्पाको तानसेन बडीज्ञानटोमा जीपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महीनाका निशान बस्यालको मृत्यु भएको छ ।

हुलाक चोक तिरबाट आन्दोलन चोक तर्फ आउँदै गरेको ग १ च ६७४८ नंको जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीपको ठक्करबाट अन्य ५ जना घाइते तिनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रसनि अनुप अर्यालले जानकारी दिए । ब्रेक फेल हुँदा पाँच मोटरसाइकलमा क्षति पुगेको छ । गाडी चालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button