टान पश्चिमाञ्चलको अध्यक्षमा भुजेल

पोखरा न्यूज -२७, साउन। 

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भुजेलले प्रतिष्पर्धी भोजकुमार श्रेष्ठलाई ११ मतान्तरले पछि पार्दै तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । ११९ मत रहेको टानमा अध्यक्षमा निर्वाचित भुजेलले ६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी श्रेष्ठले ५३ मत प्राप्त गरे । बाँकी २ मत भने बदर भएको निर्वाचन समितिले बताएको छ ।

समितिको प्रथम उपाध्यक्षमा सुशीलराज पौडेल बिजयी भए । उनी प्रतिष्पर्धी विश्वराज अधिकारीलई ९ मतले पछि पार्दै बिजयी भएका हुन् । पौडेलले ६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी विश्वराज अधिकारीले ५४ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा ५३ मत ल्याएर धर्मराज पन्थी बिजयी भए । उनका निकटम प्रतिष्पर्धी दिवश लामिछानेले ४४ र श्यामकृष्ण थापाले १७ मत प्राप्त गरे ।

समितिको सचिवमा जीवनराज सापकोटा ५२ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिष्पर्धी रामचन्द्र अधिकारीले ४० र मिलन तिवारीले २३ मत प्राप्त गरे । सहसचिवमा उदय सुवेदी ६९ मत ल्याउँदै बिजयी भए । उनका निकटतम प्रतिष्पर्धी थानेश्वर बरालले ४४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा सबैभन्दा फराकिलो मतान्तर ५५ मतले पछि पार्दै कृष्णप्रसाद आचार्य बिजयी भए । बिजयी आचार्यले ८१ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धी किसमकुमार गुरुङले ३६ मत प्राप्त गरे ।

समितिको सदस्यमा प्रकाश बस्ताकोटी (८६), विश्वहांग राई (७२), राधिका पौडेल (७२), कालीबहादुर नेम्वाङ (७१), विकास गुरुङ (६९) र रेशम अधिकारी मत ल्याएर बिजयी भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button