गण्डकी प्रदेश नेपालकै पहिलो पुर्णखोप सुनिश्चित प्रदेश

डिएनबी, पोखरा न्यूज – १३, भदौ ।

गण्डकी प्रदेश नेपालकै पहिलो पुर्णखोप सुनिश्चित प्रदेशको रुपमा घोषणा भएको छ । गण्डकी प्रदेशमा रहेका १६ देखि २३ महिनाका ३५ हजार ८ सय ४२ जना  वालवालिकालाई खोपको मात्रा पुरा गरेसंगै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेशलाई पुर्णखोप सुनिश्चित प्रदेशको रुपमा घोषणा गरेका हुन ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशलाई देशकै पहिलो पुर्णखोप सुनिश्चित प्रदेश भएको दाबी गरेको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले भने “गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै स्थानिय तहका १६ महिना देखि २३ महिनासम्मका सम्पुर्ण बालबालिकाहरुको राष्ट्रिय खोप तालिका बमोजिम १५ महिना भित्र पाउनु पर्ने सवै खोपहरु पाईसकेको सुनिश्चित गछौं, अब यो अबस्थामा हामीले गण्डकी प्रदेशलाई पुर्णखोप सुनिश्चित भएको घोषणा गछौं । ” घोषणासंगै यसको निरन्तरताको कामना गर्दै मुख्य मन्त्री गुरुङले स्वास्थ्य जस्ता सम्वेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मीहरु अन्य भन्दा बढी जिम्मेवार हुन आग्रह गरे ।

गण्डकी प्रदेशलाई पुर्णखोप सुनिश्चित कायम गर्न प्रतिबद्धता व्यत्त गर्दै मुख्य मन्त्री गुरुङले भने “ पुर्णखोपको दिगोपना कायम रहेको अबस्था भएकोले आज हामी गण्डकी प्रदेशलाई पुर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्दछौं, आगमी दिनमा कुनै पनि अबस्था र परिस्थितिमा कुनै पनि बालबालिका कुनै पनि खोप लिनबाट बन्चित हुनेछैनन ।” स्याङजा जिल्लाका ४ हजार ४ सय ९८ जना, कास्कीका ८ हजार ६ ुसय ९८ जना, बागलुङका ३ हजार ९ सय ६ जना, पर्वतका १ हजार ६ सय ७९ जना, गोर्खाका ५ हजार ३ सय ४३ जना, नवलपरासी सुस्ता पुर्वका ४ हजार ४ सय १ जना, म्याग्दीका १ हजार ६ सय ५२ जना, तनहँुका ३ हजार ४ सय ६६ जना, मुस्ताङका १ सय १७ जना, लमजुङका २ हजार २३ जना र मनाङका ५९ जना बालबालिकाहरुलाइ पुर्णखोपको मात्र खुवाइएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको तेश्रो बृहत बहुबर्षीय योजना २०१७ देखि २०२१ ले नेपाललाई खोपबाट बचाउन सकिने रोगहरुबाट मुक्त देश बनाउने परिकलपना गरेको छ । एक जना बच्चालाई पुर्णखोप सेवा प्रदान गर्न करिब ३० हजार खर्च लाग्ने बताईन्छ । गण्डकी प्रदेशका लक्षित बालबालिकाहरुलाई पुर्णखोप सुनिश्चित गर्न मात्र बार्षिक करिब एक अर्ब ७० करोड खर्च लाग्ने सामाजिक विकास मन्त्रालयका खोप सुपरभाईजर एकनारायण लम्सालले बताए । खोप कार्यक्रमको मुख्य लक्ष्य बालबालिकाहरुमा खोपबाट जोगाउने सकिने रोगहरुबाटलहुने बिरामी दर, अपाङग दर तथा मृत्यू दर कम गराउने रहेको खोप सुपरभाईजर लम्सालले बताए ।

विफर उन्मुलन, पोलियो मुक्त्तको अबस्था, ५ बर्ष मुनिका बालबालिकाहरुको मुत्यूदरमा सह््रशताब्दी विकास लक्ष्य हासिल हुनु, नवजात शिशुमा हुने धनुष्टंकारको निवारण, दादुरा रोग निवारण उन्मुलन रहनु तथा जापानिज इन्सेफुलाईटिस तथा रुबेला रोग नियन्त्रणको अबस्थामा रहनु खोप कार्यक्रमका मुख्य सफलता रहेको छ । गण्डकी प्रदेशको पहिलो जिल्लाको रुपमा पुर्णखोप सुनिश्चित नवलपरासि सुस्ता पुर्वको दुम्कीबासबाट २०६९/१२/३० गते सुरु भएको हो । कास्कीमा भने २०७५/०३/७ गते पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । पुर्णखोप घोषणासंगै त्यसको सुनिस्चितता र दीगोपनका लागि प्रदेश सरकारले खोपमा पर्याप्त आर्थिक लगानी आवश्यक भएको खोप सुपरभाईजर लम्सालले बताए ।

गण्डकी प्रदेशमा एक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, १७ वटा सरकारी अस्पताल, २५ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ सय ८७ वटा स्वास्थ्य चौकी, ६२ वटा शहरी स्वास्थ्य केन्द्र र ८२ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेको मन्त्रालयले जनाएको छ । पोखरा क्षेत्रमा मात्र करिब २५ वटा भढी निजी अस्पताल रहेकाछन।

गण्डकी प्रदेशमा १ हजार ७ सय ७० वटा खोप केन्द्र तथा १ हजार ४ सय १६ वटा गाँउघर क्लिनिक रहेकाछन। त्यसै गरी गण्डकी प्रदेशमा ५ हजार ९ सय ३९ जना महिला स्वास्थ्य स्वयं सेविका मार्फत समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह भईरहेको लम्सालले जनाए । गण्डकी प्रदेश सरकारले पुर्ण खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप कोष स्थापना गरी कोषमा एक करोड रकम विनियोजन गरिसकेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले बताइन। राज्य स्तरबाट पुर्णखोप सुनिश्चित भएको घोषणा सहितको प्रतिवद्धता भए पनि यसको अभियानलाई निरन्तर रुपमा सफल पार्न सवैको साथ र सहयोग आवश्यक भएको बताईन।

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार गण्डकी प्रदेशमा करिब २४ लाख ३ हजार ७ सय ५७ जना मानिसहरु बसोवास गर्ने गर्दछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button