पोखरामा अशोज ६ देखि किरण खड्का स्मृति सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

पोखरा न्यूज- १, अशोज ।

पोखरा महानगरपालिका -१२ मा रहेको शितल ज्योति युवा क्लबको आयोजना यही असोज ६ गते देखि किरण खड्का स्मृति सेभेन ए साईड फुटवल प्रतियोगिता २०७५ हुने भएको छ ।

“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने मुल नाराका साथ यही असोज १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा विजेतालाई एक लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने भएको क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए । प्रतियोगितामा करिब ४० टिमको सहभागिता हुने भएको अध्यक्ष गुरुङले जनाए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाइक प्रदान गरिने भएको छ भने प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोउत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५/५ हजारको साथमा ट्रफी र मेडल प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । सेमिफाइनलमा पराजित टिमलाई समेत जनही १०/१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।

पोखराको अमरसिंह माविको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटोपानी–१२ हङकङ परिवार, सह–प्रायोजक क्लबका संरक्षक आजिवन सदस्य बिमल बसेल, प्रथम पुरस्कार क्लबका आजिवन सदस्य महेन्द्र गुरुङ , दित्तीय  पुरस्कार स्वर्गीय किरण खड्काका परिवारले गरेको प्रतियोगिता संयोजक मिन प्रसाद गुरुङले बताए ।

क्लवका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना पछि उक्त प्रतियोगिताको नाम किरण खड्का स्मृति रहन गएको हो । क्लवले किरणको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्नुले  खेलकुदको विकासमा टेवा पुग्ने  खड्काका माइला बाबु शिव खड्काले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button