कास्कीको टुसेमा माछापुच्छ्रे महोत्सव हुने

पोखरा न्यूज- २, असोज ।

माछापुच्छ्रे गुराँसे भूमें युवा क्लवको आयोजनामा कास्की माछापुच्छ्रे गाँउपालिकाको टुसेमा माछापुच्छ्रे महोत्सव हुने भएको छ । ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने उद्धेश्यले यही असोज २४ देखि २८ गतेसम्म माछापुच्छ्रे महोत्सव हुने भएको क्लवका अध्यक्ष एवं कार्यक्रम संयोजक हुम बहादुर गुरुङले बताए ।

“मौलिक कला सांस्कृति, खेलकुद तथा कृषि पर्यटनको लागि” भन्ने मुल नाराका साथ क्लवको २५ औं वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा उक्त महोत्सव हुने भएको संयोजक गुरुङले जनाए ।

प्राकृतिक र संस्कृतिले धनि भएको माछापुच्छ्रे गाँउपालिकाको समग्र गाँउ पर्यटन सहित खेलकुदको समेत विकास गराउने उद्धेश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको गुरुङले जनाए । महोत्सवमा घरेलु उत्पादन स्थनिय हस्तकला, कृषि सामग्रिहरुको प्रर्दशनी, मौलिक झाँकी प्रर्दशनी, लोपउन्मुख लाखे नृत्य प्रर्दशनी, लाईभ कन्सर्ट, हास्य व्याङग्यात्मक कार्यक्रम, रष्ट्रिय तथा अन्त्रष्ट्रिय कलकारको प्रस्तुती लगायतका कायक्रम रहने भएको उनले बताए ।

महोत्सवको अवसरमा खुल्ला गाँउ स्तरिय भलिवल प्रतियोगिता, खुल्ला क्लव स्तरिय महिला भलिवल प्रतियोगिता, भेट्रान्स भलिवल प्रतियोगिता, थ्रि–ए–साईड फुटवल प्रतियोगिता, छेलो, खुल्ला नृत्य प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता हुने बताइएको छ  । पुरुष भलिवल प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ४० हजार, महिला भलिवलमा विजेताले २० हजार र उपविजेताले १२ हजार, थ्रि–ए–साईड फुटवल प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार, खुल्ला नृत्य प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले भने ७ हजार पाउने भएको सचिव विलप सुनारले बताए ।

उक्त महोत्सव सम्पन्न गर्न करिब १५ लाख लाग्ने भएको छ भने १७ लाख ९७ हजार आम्दानी गर्नै लक्ष्य राखिएको क्लवले जनाएको छ । माछापुच्छ्रे गाँउपालिकाले उक्त महोत्सवको गाँउप्रबर्द्धनको लागि ५ लाख रुपैया आर्थिक सहयोग गर्ने भएको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष विरेन्द्र गुरुङले बताए ।

माछापुच्छ्रे गाँउपालिकामा पर्ने माछापुच्छ्रे हिमाल आरोहणको लागि खुल्ला गर्नुपर्ने स्थानियले जोडदार माग राख्दै आएको स्थानिय मेस बहादुर गुरुङले बताए । उनले भने “ माछापुच्छ्रेको नामबाट पोखराका धेरैले फाइदा लिने अनि हामीले माछापुच्छ्रेलाई संरक्षण मात्र गर्दै जाने अब त्यसो हुदै स्थानियको आर्थिक विकास र समृद्धिको लागि पनि माछापुच्छ्रे हिमाल आरोहणको लागि खुल्ला गरिनु पर्छ, अन्यथा हामीलाइ हाम्रो आय श्रोतको बाटो चहियो । ”

स्थानिय एवं तमु धिँ नेपालका महासचिव गिरीप्रसाद गुरुङले विभिन्न जातिहरुको बसोबस रहेको माछापुच्छ्रेमा पर्यटनको धेरै सम्भावन रहेको दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button