पोखरामा पनि संविधान दिवस मनाइयो

पोखरा न्यूज- ३, असोज ।

पोखरामा  प्रदेश सरकारले मंगलबार प्रभातफेरी सहितको कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।

गण्डकी प्रदेशको  मन्त्री परिषदको कार्यालयबाट सुरु भएको प्रभात फेरी पोखराका विभिन्न भाग परिक्रम गरी शहिदपार्कमा पुगी शहिद स्मारकमा माल्यारोपण गर्दै  जिल्ला समन्वय समितिको हलमा पुगेर  समापन भएको हो ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुवंर, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ लगायतका मन्त्री, सांसद तथा उच्च पदस्थ व्यक्ति, सुरक्षा निकायका तीन वटैं अंग, कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी एवं आम नगरिकको कार्यक्रममा सहभागिता रहेको थियो ।

जारी संविधानको सफल कान्वयन गर्न सवै पक्ष जिम्मेवार हुनुपर्ने कार्यक्रमा सहभागिले जोड दिएका थिए । संविधानको मर्म र भावना अनुसार कान्वयन गर्न सके मात्र संविधान दिवस मनाएको सार्थक हुनेमा  बक्ताको जोड थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button