संविधान दिवसको अवसरमा पोखरामा दोस्रो हरिगोपाल गणेशमाया स्मृती छात्रवृत्ती वितरण

पोखरा न्यूज- ३, असोज  ।

पोखराको रामबजारमा रहेको कालिका माध्यमिक विद्यालयमा संचालन भएको हरिगोपाल गणेशमाया स्मृती छात्रवृत्ती वितरण गरिएको छ । संविधान दिवसको अवसरमा एक समारोहका बिच मंगलबार बिद्यालयका ५ जना छात्र/छात्रालाइ छात्रबृत्ती वितरण गरिएको हो ।

छात्रबृत्ति प्राप्त गर्ने कक्षा १२ मा अध्ययनरत छात्रा जेनिसा थापा मगर, कक्षा १२ की रुपा शर्मा तथा कक्षा १२ कै पार्वती गुरुङ्ग, कक्षा १० का सामुयल सुवेदी र कक्षा ९ की अन्जना सुवेदी रहेका छन । उनीहरुलाई छात्रबृत्ति स्वरुप ४० हजार रुपैया वितरण वितरण गरिएको हो ।

बिद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ती प्रदान गर्ने उद्देश्यले पिता हरिगोपाल र माता गणेशमाया रंजितको स्मृतीमा पोखरा—१० रामबजारका हरिगोपाल र गणेशमायाका ४ छोरा वैकुण्ठ, शिव, सुर्दशन र विजयले ४ लाख रुपैयाँको अक्षयकोश स्थापना गरी गरेका हुन। उक्त कोषबाट प्राप्त व्याजको रकमले हरेक बर्ष छात्रवृत्ति प्रदान गरिने भएको छात्रबृत्ति अक्षयकोष दाता मध्यका एक तथा फोटो पत्रकार समेत रहेका सुर्दशन रन्जितले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजकुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रध्यानाध्यापक श्रीराम आचार्य, शिक्षक लक्ष्मीकान्त अधिकारी, शिक्षक ज्ञानवहादुर थापा लगायतले शिक्षाको बारेमा चर्चा गरे । उक्त अवसरमा अधिकारीले नर्सरी का बाल, बालीका का लागी ५ हजार बिद्यालयलाई हस्तान्तरण गरे ।

छात्रवृत्ती वितरण कार्यक्रम पश्चात उच्च अदालत पोखराका अधिवक्ता विनिता नेपालीले संविधान दिवसको अवसरमा वर्तमान संविधानमा भएका विभिन्न मौलिक हक अधिकारहरुका वारेमा जानकारी गराएकी थिइन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button