भारी बिसायर आराम गर्न बसेका बरालको चौतारामै निधन

पोखरा न्यूज -४, असोज ।

पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) तिलाहार निवासि ६२ बर्षीय खडानन्द बरालको हृदयघातबाट निधन भएको छ ।

मंगलबार स्थानिय धोविखोलामा घाँस काटेर भारी बोकेर  आउदै गर्दा बिच बाटोमा रहेको नयाँ चौतारोमा भारी बिसायर आराम गर्न बसेका बरालको हृदयघातबाटै निधन भएको स्थानियले बताएका छन।

बराललाई मंगलबार दिउँसो करिब २ः४५ बजे स्थानियले चौतारामा अचेत अवस्थामा भेटेपछि  उनको उपचारको लागि पोखराको नमस्ते हस्पिटलमा लगेका थिए ।  हस्पिटल पुर्याउन साथ उनलाई हस्पिटलले मृत घोषणा गरेको उनका आफन्त भोलानाथ बरालले बताए ।

केहि बर्ष अघि निजामति कर्मचारीबाट  रिटायर भएका  उनले सिचाईमा विगत १५ बर्ष भन्दा बढी काम गरेका थिए । उनको अन्तिम दाहसंस्कार  बुधबार पोखराको रामघाटमा हुने बताईएको छ । उनका एक श्रीमती, दुई छोरा, ३ छोरी रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button