१ सय १५ बर्षीया धनकुमारी गुरुङको पोखरामा निधन

डीएनबी, पोखरा न्यूज – १२, असोज  ।

सम्भवत नेपालकै जेष्ठ नागरिक १ सय १५ बर्षीया धनकुमारी गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ३१ स्थित पचभैया निवासि सम्भवत नेपालकै जेष्ठ नागरिक १ सय १५ बर्षीय गुरुङको शुक्रबार  विहान निधन भएको स्थानिय दामोदरभक्त थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट ३९ नम्बरको नागरिकता नम्बर प्राप्त गरेकी उनको नागरिकतामा १९६० भदौं ७ गते जन्म दिन उल्लेख भएको छ ।

उनी पनाती राजु गुरुङको घरमा बस्दै आएकी थिइन भने राजुले उनको रेखदेख गर्दै आएका थिए। उनको अन्तिम दाहसंस्कार स्थानिय गुरुङ च्यानडाँडामा भएको छ ।

उनका २ जना पनाती, ४ जना पनातीनी, ११ जना खनाती र खनाती पछिको एक पुस्ताको एक जना रहेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button