बेनीमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु , ३ घाइते

पोखरा न्यूज – १२, असोज ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए ।

उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो ।

ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।

बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button