स्याङ्जामा योगको विस्तार गरिने

पोखरा न्यूज – १५, असोज 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार आयुर्वेदिक अस्पतालको सञ्चालन र योग शिविरको विस्तारमा लाग्ने बताए ।

स्याङ्जाको वालिङस्थित बाहुन थान डाँडामा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण सुवेदीको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अर्यालले अन्य उपचार पद्घतिबाट निको हुन नसकेको रोग आयुर्वेदिक औषधि र योगका माध्यामबाट निको हुने गरेकाले पनि आयुर्वेदिक औषधि र योगको महत्व बढ्दै गएको बताए ।

कार्यक्रममा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले आफ्नो जन्मभूमि नेपालमा काम गर्ने इच्छा भएको बताउँदै आफू पनि यहीँको धुलोमा खेलेर बालापन बिताएको स्मरण गराएका थिए ।

कार्यक्रममा सांसद मुकुन्द न्यौपाने, प्रदेशसभा सदस्य मोहन रेग्मीलगायतले बोलेका थिए । आचार्य बालकृष्णको पहल र सहयोगमा वालिङ नगरपालिकामा पाँच हजार रोपनी क्षेत्रफलमा रु १६ अर्बको लगानीमा आयुर्वेद कलेज, रिसर्च सेन्टर, अस्पताल, सभाहल, होस्टेल, जडिबुटी नर्सरी, बाल उद्यान, ज्ञान पार्क खोल्ने तयारी गरिएको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button