पोखरामा बलात्कार पछी हत्या गरिएकी श्रेयाको १० दिन पछि दाहसंस्कार

डीएनबी, पोखरा न्यूज- १७, असोज ।

पोखरामा बलात्कार पछी हत्या गरिएकी श्रेया सुनारको शव बुधबार आफन्तले बुझेका छन् । प्रहरी प्रशासनले अपराधि माथि हदैसम्मको कारवाही गर्ने आश्वासन दिलाएपछि १० औ दिनमा  श्रेयाको शव आफन्तले बुझेका हुन् ।

अपराधि माथि हदैसम्मको कारवाही गर्ने आश्वासन पाएपछि आफुहरुले श्रेयाको शव बुझी  पोखराको रामघाटमा अन्तिम दाहसंस्कार गरेको  उनका उनका हजुरबा लिल बहादुर सुनारले बताए ।

श्रेयाको शव ९ दिन देखि पोखराको स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो । अन्तिम दाहसंस्कारमा सोक सभामा वोल्दै कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले अपराधि कानुनि कठघरामा पुगेकोले उसलाइ जन्मकैद सहितको कारवाही हुने बताए ।

पोखरा महानगरपालिका – २२ कोदिका २७ बर्षिय कुशुम पौडेल श्रेयाको बलत्कार पछि हत्याको आरोपमा पक्राउ परेका छन।

स्थानीय लिला आधारभूत नि.मा.वि.कक्षा ३ मा अध्ययनरत श्रेयाको १० दिन अगाडी हत्या भएको हो ।

श्रेया सुनारको परिवारलाई अष्ट्रेलियाबाट सहयोग

यसैबीच श्रेया सुनारको परिवारलाई बुधबार  अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा सदस्य मात्रिका प्रसाद बराल मार्फत अष्ट्रेलियाबाट प्राप्त ४० हजार नगद  उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।

अष्ट्रेलीयन नागरिक लरेन्स जस्मीले सदस्य बराल मार्फत श्रेयाको  परिवारलाई दिएको उक्त रकम श्रेयाकी आमालाई उनको निवास पुम्दी भुम्दी कोदीमै पुगेर हस्तान्तरण गरिएको लिला आधारभूत बिद्यालयका शिक्षक तारा पौडेलले बताए । असोजको ८ गते बलात्कार पछि हत्या भएकी श्रेयाको परिवारीक अबस्था अकजोर भएकोले उनको परिवारमा परेको पिडालाई थोरै भए पनि राहत स्वरुप पहिलो चरणमा उक्त रकम जुटाएको बताउदै सदस्य बरालले आगामी दिनमा आवश्यक सहयोग जुटाउन पछि नपर्ने बताए । श्रेयाकी आमा बिरामी भएको हुदा र उनका भाई, बहिनीको पढाई खर्च स्वरुप उक्त रकम विदेशबाट प्राप्त भएको बरालले जनाए । उनले भने “ हाम्रो समाजमा जगन्य अपराध भएको छ, जसको सिकार हाम्रै छोरी भएकोले त्यसको पिडामा घर परिवारसंगै हामी पनि छौं भन्ने सहानुभूति दिन हामीले सानो सहयोग गरेका हौं ।”

पोखरा महानगरपालिका २२ का वडा सचिव रामप्रसाद पौडेलले अपराधि कानुनी कठघरामा आएकोले त्यसलाई कडा कारवाही गर्नको लागि निरन्तर खबरदारी गर्नु पर्ने बताए । समाजमा भएको घटनलाइ कसैले अतिरन्जित पार्न खोजेमा त्यसको बिरुद्ध स्थानिय एक हुन उनले आग्रह गरे ।

श्रेया सुनार सघर्ष समितिका सदस्य झम्कनाथ देवकोटाले श्रेया परिवार आर्थिक अबस्थाले निकै कमजोर भएकोले सकेको सहयोग गर्न आव्हान गरे । अर्को सदस्य बिष्णु हरी बरालले न्यायको निम्ति सवै एक हुनु पर्ने बतादै यस्ता घटनामा कुनै एक पार्टीले वकालत गर्न आवश्यक नभएको जनाए । यस अघि श्रेया परिवारको लागि झम्कनाथ बरालले १३ हजार १ सय विभिन्न व्यक्तिहरुबाट संकलन गरी उनको परिवारलाइ हस्तान्तरण गरे भने केभसिटी मिडियाले केभसिटी भलिवल प्रतियोगितामा प्राप्त गरेको पुरस्कारको नगद २२ हजार २ सय २२ रुपैया समेत सहयोग गरेको छ ।

सघर्ष समितिका संयोजक मिन बहादुर विकले अपराधि प्रहरीको नियन्त्रणमा आए पनि उनलाइ अदालतले फैसला नगरेसम्म आफुहरुको सघर्ष जारी राख्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button